सबै प्रकारका सार्वजनिक सवारीसाधन तथा ट्याक्सीसमेत बन्द रहेको अवस्थामा टुटल र पठाओले भने सेवा थालेका छन् । सार्वजनिक सवारी बन्द भएकै समयमा राइडिङ सेयर गर्ने एपमार्फत ‘राइडिङ’ हुन थालेको हो । दुवैले लकडाउनका कारण आफ्नो सेवा बन्द गरेका थिए ।
नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कुनै प्रकारको कमिसन नलिने गरी सेवा थालेको जनाएको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीको भनाइ छ ।
पठाओले भने अत्यावश्यक अवस्थामा अस्पताल पुग्नु पर्नेहरूलाई सेवा दिन लागिएको भन्दै राइडिङ सेवा सुरु गरेको जनाएको छ । पठाओले सबै सुरक्षाका उपाय अपनाएरमात्र सेवा दिएको बताएको छ । अस्पताल जानुपर्ने बिरामीलाई मात्र सेवा दिइने पठाओल दाबी गरेको छ ।
सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यसहित सेवा सुरु गरिएको कम्पनीको दाबी छ । हाल दैनिक सय जनाबाट अत्यावश्यक क्षेत्रमा मात्र सेवा दिनुको कारण सामाजिक उत्तरदायित्व भएको कम्पनीको भनाइ छ ।
राइडिङ सेयर सेवा दिने कम्पनीले सेवा दिन थालेसँगै ट्राफिक प्रहरीले भने नियम विपरीत भन्दै कारबाही थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।