कमरेडहरूलाई दुईतिहाइ पचेन, यसले लोकतन्त्रलाई हानि गर्न सक्छ सजग रहौँः बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपामा अहिले देखिएको विवादप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । 

नेकपा विवादले उचाइ लिइरहेका बेला बाबुरामले ट्विट गर्दै नेकपालाई करिब दुईतिहाइको सरकार नपचेको टिप्पणी गरेका हुन् । यसले संसद र लोकतन्त्रलाई नै हानि गर्ने भनेर उनले चिन्ता व्यक्त गरेका छन् । 

बाबुरामले ट्विटमा गर्दै भनेका छन्– कुनै–कुनै प्रणीलाई घ्यु पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुईतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ । त्यो अजीर्णताले संसद् र लोकतन्त्रलाई नै हानि गर्ने हो कि भन्ने खतरा चैँ बढी गम्भीर भो ! सबै सजग रहौँ र खबरदारी गरौँँ । यत्रो त्याग–बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १६:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया