पछिल्लो २४ घन्टामा ६ सय ६४ जना कोरोना संक्रमण जितेर घर फर्किए

काठमाडौं– पछिल्लो २४ घन्टामा ६ सय ६४ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । 

उपचारपछि संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या योसँगै ५ हजार ३ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिहीबार ४ हजार ५ सय ३७ जनाको पिसिआर परीक्षण भएको छ योसँगै पिसिआर परीक्षण हुनेको संख्या २ लाख ३७ हजार ७ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।

अहिले ३८ हजार  १ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् भने १० हजार १ सय ३७  अइसोलेसनमा छन् । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १७:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया