म्यानमारको रत्नखानीमा पहिरो जाँदा ११६को मृत्यु

एजेन्सी– म्यानमारमा मुसलधारे वर्षापछि पहिरो जाँदा कम्तीमा ११६ जनाको मृत्यु भएको छ । कचिन राज्यको एक रत्न खानीमा बिहीबार बिहान पहिरो जाँदा कैयौँ मानिस पुरिएको अधिकारीहरूले बताएका छन् । 

पहिरोमा परी मृत्यु भएका ११६ वटा शव बरामद भएको र ५४ जना घाइते भएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले मृतकको संख्या बढ्न सक्ने जानकारी दिएको छ ।  

मुसलधारे वर्षाका कारण थपको उद्धारकार्य जटिल भएको छ । म्यानमारका रत्न खानीहरूमा यसअघि पनि कैयौँपटक पहिरो तथा अन्य घातक दुर्घटना भएका थिए । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १७:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया