बलिउड अभिनेत्री करिना कपुरले फिल्ममा पाइला राखेको अब दुई दशक भइसकेको छ । उनले सन् २००० मा आएको फिल्म रेफ्युजीबाट फिल्ममा आफ्नो पाइला राखेकी थिइन् ।
फिल्मी क्षेत्रमा काम गर्न थालेको दुई दशक भएपछि करिनाले विगतलाई सम्झिएकी छिन् ।
यसबीचमा उनले केही सुपरहिट फिल्ममा पनि काम गरेकी छिन् । र, सँगसँगै केही फिल्मलाई अस्वीकार पनि गरेकी छिन् ।
‘म आफ्नो करिअरमा अगाडि बढिरहेँ,’ उनले भनेकी छिन्, ‘अब मलाई कुनै पनि फिल्म नगरेको विषयमा कुनै अफसोस छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।