लकडाउन अवधिभरको घरभाडा र बैंकको ब्याज लिए कारबाही गर्ने विप्लवको चेतावनी

धनगढी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सेती–महाकाली ब्युरोले लकडाउनका बेलाको घरभाडा नलिन घरधनीलाई आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

यस आग्रहको बेवास्ता गरी लकडाउनको बेलाको घरभाडा लिने घरधनीलाई कारबीहीको भागेदार हुनुपर्ने चेतावनी समेत दिएको छ ।

 ‘लकडाउनको कारण जनताको जीवन गुजारा गर्न मुस्किल भइरहेको बेला शहर बजारका घरधनीहरुले घर भाडा अशुल गर्ने नाममा बाहालमा बस्ने हरुलाई निकै दुःख दिइरहेको र यसमा राज्यले पनि ध्यान नदेखाएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ पार्टीका नेता निर्माणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘केही मानवीय भावना भएका घर मालिक बाहेक सबै पूँजीवादी चेतनाले लैश भएका व्यक्तिहरुले घर बाहालको नाममा अपराधिक व्यवहार देखाउँदै आएकोले त्यसलाई तत्काल रोक्न र राज्यको तर्फबाट समन्वय गर्न सुझाव पेश गर्न चाहान्छौँ ।’

विज्ञप्तिमा सामान्य मानवीय भावनालाई समेत वेवास्ता गरी घरबहालको नाममा दुःख दिने काम कसैले गरेको पाइएमा पार्टीको तर्फबाट जनकारबाही गर्ने चेतावनी दिइएको छ । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार २०:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया