मास्क लगाउन बल्ल तयार भए ट्रम्प

एजेन्सी– यसअघि मास्क प्रयोगको विषयलाई लिएर चर्को आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भने आफू पनि मास्क प्रयोगका पक्षमा रहेको बताएका छन् । बिबिसीका अनसार ट्रम्पले अति भिड भएको ठाउँमा आफूले पनि मास्क लगाउने बताएका छन् । 

अमेरिकामा कोरोना सङ्क्रमणले तीव्र रुप लिइरहेको छ । विज्ञहरुले मास्कको प्रयोग गर्न दिएको सुझाबलाई नमानेको भन्दै ट्रम्पको आलोचना हुँदै आएको थियो । ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी कोरोना नियन्त्रणमा जिम्मेवार देखिन थालेको अनुमान गरिएको छ । 

उनले आफूले मास्क लगाउँदा हलिउ​ड अभिनेता लोन रेन्जरजस्तो देखिने बताए । उनको पार्टी रिपब्लिकन सांसदले राष्ट्रपतिले सार्वजनिक ठाउँमा मास्क लगाउँदा राम्रो सन्देश जाने सुझाब दिएको भोलिपल्ट ट्रम्पले यस्तो बताएका हुन् । 

अमेरिकामा २७ लाख ८१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक लाख ३० हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार २०:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया