कोरोनाको विषयमा फेरि चीनविरुद्ध भड्किए डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार चीनविरुद्ध अभिव्यक्ति दिइरहेका छन् । विशेष गरि कोरोनाभाइरसको सन्दर्भमा उनले बारम्बार चीनलाई दोष पनि लगाइरहेका छन् । चीनले कोरोनाभाइरस ल्याबमा उत्पादन गरेकोसमेत ट्रम्पले कुनै बेला टिप्पणी गरेका थिए । 

ट्रम्पले फेरि एकपटक कोरोनाभाइरसको सन्दर्भमा चीनविरुद्ध निकै कडा अभिव्यक्ति दिएका छन् । 

उनले यसलाई चिनियाँ प्लेग बताउँदै यसलाई चीनले नै फैलाएको आरोप पनि लगाएका छन् । 

‘यो चिनियाँ प्लेग हो, यसलाई फैलाउन हुँदैनथ्यो तर चीनले यसलाई विश्वभर फैलाएको छ,’ उनले भनेका छन् । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार २३:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया