बलिउड कोरियोग्राफर सरोज खानको निधन

बलिउडमा चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ । 

उनी केही दिन यता बिरामी परेकी थिइन् । २० जुनमा उनलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । मुम्बईको बान्द्रामा रहेको अस्पतालमा नै उनको निधन भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उनलाई गत राति मुटुमा समस्या देखिएको थियो । केही दिनअघि मात्र उनको कोरोनाभाइरस परीक्षण पनि गरिएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार ८:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया