अन्तर्राष्ट्रिय अनलाइन करातेमा नेपाललाई चार स्वर्ण

काठमाडौं– इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आइएसकेयु)ले संयुक्त रुपमा आयोजना गरेको अनलाइन काता च्याम्पियनसिप २०२०मा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ । 

जसमा नेपालले चार स्वर्णपदक जितेको छ । सो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले तीन रजत तथा तीन कांस्यपदक हासिल गरेका छन् । 

मच्छेगाउँ नरहरिपुर कराते डोजोकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा श्रीलंकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण पदक जितिन् ।

त्यस्तै, सात वर्षमुनिको स्पर्धामा नेपालका प्रसन्न घर्ती मगरले स्वर्णपदक जिते । उनले आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

महिला १० वर्षमुनिको स्पर्धामा दीक्षा महताराले इरानकी साबा रोहीलाई पराजित गरेर स्वर्ण जितिन् भने आठ वर्षमुनितर्फ सत्कार घर्ती मगरले श्रीलंकाका थरुशा लकमललाई हराएर स्वर्ण पाए । 

महिला ९ वर्षमुनिको स्पर्धामा स्वेता तामाङ र १३ वर्षमुनिको समूहमा सिर्जना महतारा र पुरुष क्याडेटतर्फ मनीष कार्कीले रजत पदक जिते ।



त्यस्तै, १३ वर्षमुनिको स्पर्धामा अमृत थोकर, १० वर्षमुनितर्फ ओन्तो घर्ती मगर र पुरुष ९ वर्षमुनिको स्पर्धामा मुकेश खड्काले कांस्यपदक जिते ।

बिहीबारबाट सुरु भएको सो प्रतियोगिता आइतबारसम्म चल्नेछ ।



  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १६:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया