प्रधानमन्त्रीको समर्थनमा प्रचण्डको गृहजिल्लामा प्रदर्शन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न जिल्लामा प्रर्दशन जारी छ । सोहस् सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा पनि प्रदर्शन भएको छ ।

भरतपुरको चौबिसकोठीमा गरिएको प्रदर्शनमा युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रदर्शनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ लगायत नारा लगाएका थिए ।

शुक्रबार प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा, भक्तपुर र पोखरामा पनि ओलीको समर्थनमा प्रदर्शन गरिएको छ । 

पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठेपछि प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १९:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया