६९ तोला सुन, एक केजी चाँदी र सात लाख नगद चोरी गर्ने तीनजना पक्राउ

काठमाडौं– प्रहरीले नवलपुरबाट ठूलो परिमाणमा सुनचाँदी र नगद चोरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

नवलपुरको गैंडाकोटमा रहेको मोनिका सुनचाँदी पसलबाट सुनचाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । 

उनीहरू आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । 

पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली राधा कृष्ण चोक बस्ने २४ वर्षीय अनुज लामा, भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने २८ वर्षीय तीर्थबहादुर रुम्बा र भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४० वर्षीय जितबहादुर तामाङ छन् ।

उक्त पसलबाट गत फगुन १८ गते तयारी सुनका गरगहना ६९ तोला ५ लाल, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ नगद चोरी भएको थियो ।

पक्राउ परेकाहरुको साथबाट विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, ६ थान मोबाइल, एक थान फोडिएको सेफ लकर बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरुमाथि डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १९:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया