कार्यकारिणी र राष्ट्रपतिबीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति सुःखद छैन : पशुपतिशमशेर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री र राष्ट्रपतिबीचको समझदारी लोकतन्त्रका लागि सुखद नरहेको बताएका छन् । 

मन्त्रििपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गरेको सन्दर्भमा उनको यस्तो भनाइ आएको हो । 

शुक्रबार साँझ एक ट्विट गर्दै अध्यक्ष जबराले कार्यकारिणी र राष्ट्रपतिबीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निःसन्देह सुःखद नहुने उल्लेख गरेका छन् ।

राजतन्त्रप्रति संकेत गर्दै उनले राष्ट्राध्यक्ष दलभन्दा माथि रहने निष्पक्ष संस्था हुनुपर्ने आफूहरुको दाबी सही ठहरिएको उल्लेख गरेका छन् ।
 
उनले भनेका छन्– कार्यकारिणी र राष्ट्रपतिबीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निःसन्देह सुःखद छैन, दलभन्दा माथि रहने निष्पक्ष संस्था राष्ट्राध्यक्ष रहनुपर्छ भनेर बहस हुनुपर्छ भन्ने हाम्रो दाबी सही ठहरेको छ ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार २१:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया