कार्यक्षेत्रमा ‘यौनलीला’ गरेको आरोपमा संयुक्त राष्ट्रसंघका दुई कर्मचारी निलम्बित

एजेन्सी– संयुक्त राष्ट्रसंघले कार्यक्षेत्रमा ‘यौनलीला’ गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ । यसअघि संयुक्त राष्ट्रसंघकै गाडीमा यौनलीला गरेको भिडियो भाइरल भएको थियो ।

राष्ट्रसंघले इजरायलको तेल अभिभमा भएको सो कार्यमा संलग्न भएको अभियोगमा आफ्ना दुई कर्मचारीलाई बेतलबी बिदामा राखेको हो । संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पुरुषको काखमा बसेको १८ सेकेन्ड लामो भिडियो यसअघि सार्वजनिक भएको थियो ।

भिडियो भाइरल भएपछि राष्ट्रसंघले छानविन गरेको थियो । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले यस भिडियो हेरेर आफु स्तब्ध र हैरान भएको प्रतिक्रिया दिएका थिए । 

यस घटनामा संलग्न भएको अभियोगमा दुई व्यक्तिलाई निलम्बन गरिएको र अनुसन्धान समाप्त नभएसम्म उनीहरुलाई तलब नमिल्ने राष्ट्रसंघले जनाएको छ । 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार २१:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया