विश्वभर १ करोड ११ लाख ९० हजार ६७८ भन्दा धेरै व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको छ ।
अमेरिका सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित हुने देश हो । त्यहाँ २८ लाख ९० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा हालसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ ।
संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार ३४१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, ६३ हजार ८५४ जनाको ज्यान गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।