बझाङकोे केदारस्युँ गाउँपालिका –८ मल्लेसीमा पहिरो गएको छ । पहिरोबाट १७ घर पुरिएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय, बझाङले भने क्षतिको विवरण आइनसकेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार बागथलामा रहेको सेना र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको छ ।
स्थानीयले भने पहिरोबाट १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।