एथ्लेटिको म्याड्रिडले सहज जित निकाल्दा मोराटाले गरे दुई गोल

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा एथ्लेटिकोे म्याड्रिडले रियल मालोर्कामाथि ३–० को सहज जित निकालेको छ । एथ्लेटिकोलाई सहज जित दिाउन स्पेनिस फरवार्ड अल्भारो मोराटाको दुई गोल गरे ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिकोले खेलको शुरुवातदेखि नै मालोर्कालाई दवावमा राखेको थियो ।

यद्यपि, एथ्लेटिकोका एक पछि अर्काे आक्रमण विफल भइरहेका थिए । यसैबीच, २५ औं मिनेटमा एथ्लेटिकोले पेनाल्टीको अवसर पायो ।

पेनाल्टी बक्समा मोराटालाई एलेक्सन्डर सेड्लरले फउल गरेपछि रेफ्रीले एथ्लेटिकोलाई पेनाल्टी दिएका थिए ।तर, २७ औं मिनेटमा मोराटा आफैंले गरेको पेनाल्टी प्रहारलाई मालोर्काका गोलरक्षक मानोलो रेइनाले बचाए । यद्यपि, मोराटाले पेनाल्टी प्रहार गर्नुअघि नै उनले गोललाइन टच नगरेका कारण रेफ्रीले एथ्लेटिकोलाई पुनः पेनाल्टी प्रदान गरेको थियो । यसपटक मोराटा चुकेनन् र घरेलु टोलीलाई १–० ले अघि बढाए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मोराटाले मार्कुस लोरेन्टेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यस्तै, खेलको ७९ औं मिनेटमा कप्तान कोकेले गोल गर्दै उथ्लेटिकोेलाई ३–० को सहज जित दिलाए ।



जितसँगै एथ्लेटिकोले चार खेल बाँकी रहँदा ला लिगामा तेस्रो स्थानलाई थप मजवुत बनाएको छ । एट्लेटिकोको ३४ खेलबाट ६२ अंक पुगेको छ ।

एक खेल कम खेलेको सेभिल्लाको ५७ अंक रहेको छ । पराजित मालोर्कालाई रेलिगेसनमा पर्ने दवाव बढेको छ । मालोर्का २९ अंक जोडेर १८ औं स्थानमा छ ।
 



  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार ८:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया