गोरखा अस्पतालको आइसोलेशनमा उपचारत कोरोनाभाइरस संक्रमितको मृत्यु

गोरखा अस्पतालको आइसोलेशनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।

पालुङटार नगरपालिका ७ निवासी उनी मंगलबार मात्र कतारबाट नेपाल फर्किएका थिए । मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घरोगी समेत रहेका उनलाई गाह्रो भएपछि शुक्रबार राति १० बजे जिल्ला अस्पतालको आइसोलेशनमा ल्याइएको थियो ।

उपचारको क्रममा शनिवार विहान ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको १८ गते पिसिआर परीक्षणको लागि नमूना संकलन गरी पठाइएकोमा १९ गते पोजेटिभ रिर्पोट आएको थियो ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार ८:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया