पाकिस्तानका विदेशमन्त्रीलाई कोरोनाभाइरस संक्रमण

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीलाई कोरोनाभाइरस संक्रमण भएको छ । कुरेशी आफैंले ट्विट गर्दै यसको जानकारी दिएका हुन् ।
उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् ।

‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ’, उनले लेखेका छन् ।

विदेशमन्त्री कुरेशीले कोरोना भाइरस संक्रमण हुँदा पनि ईश्वरको कृपाले आफू मजबुत र उर्जावान भएको महसुस गरेको बताएका छन् ।

‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला’, उनको ट्विटमा लेखिएको छ ।


 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार ९:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया