ब्राजिलमा कोरोना संक्रमित १५ लाखभन्दा बढी

अब विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या १ करोड दस लाखभन्दा धेरै भएको छ । पछिल्लो सात महिनामा कोरोनाका कारण विश्वभर अब पाँच लाखभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । 

सबैभन्दा प्रभावित देशको सूचीको पहिलो नम्बरमा रहेको छ, अमेरिका । अमेरिकामा शुक्रबार मात्र ५३ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । उता, कोरोनाका कारण सबैभन्दा प्रभाविद देशको सूचीको दोस्रो नम्बरमा रहेको ब्राजिलमा ४२ हजार जना नयाँ संक्रमित शुक्रबार थपिएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १५ लाखभन्दा बढी भएको छ । 

पछिल्लो २४ घन्टामा ब्राजिलमा कोरोनाका कारण १२९० जनाको निधन भएको छ । योसँगै त्यहाँ कोरोनाका कारण निधन हुनेको संख्या ६३ हजार १ सय ७४ पुगेको छ ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १०:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया