शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान

विभिन्न देशमा रहेका नेपालीको उद्धारका लागि शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तरराष्ट्रिय उडान हुँदैछ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सँगै विभिन्न विदेशी  एयरलाइन्सले शनिबार उडान गर्दैछन् ।
 
 नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट शनिवार बिहान काठमाडौं अवतरण गरेका छन् । शनिवार नै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्ने बताइएको छ ।

 

कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौं आइपुगेको विमानस्थलले जानकारी दिएको छ । सोही एयरलाइन्सको जहाज शनिवार राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ । 

 

यस्तै टर्किस एयरलाइन्स शनिवार राति ९ बजे काठमाडौं विमानस्थल अवतरण गरेर राति १० : ३० बजे इस्तानबुल फर्कने विमानस्थलले जनाएको छ । शनिवार नै कतार एवरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौं ल्याउनेछन् ।

 



अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रवार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तरराष्ट्रिय उडान भएका थिए । ती उडानबाट कुल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जानकारी दिएको छ । 

 



कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीको चार्टर उडान गरी नेपाल ल्याउन नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान गरिरहेका छन् भने कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगाय विदेशी एयरलाइन्सले नेपालमा चार्टर उडान गरिरहेका छन् ।

  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १३:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया