काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस भेटियो

काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस फेला परेको छ । उपत्यकामा कोरोनाभाइरस संक्रमित थपिने क्रम बढिरहेका बेला सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स–२’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।

जिव वैज्ञानिक डा. समीरमणि दीक्षितले आज ट्विट गर्दै भनेका छन्, ‘हाम्रो संस्था (सिएमडिएन)ले गरेको प्रारम्भिक जेनेटिक अनुसन्धानअनुसार उपत्यकाका ढलहरुमा लिइएका केही नमुनामा  कोभिड १९ र सार्स कोभिड २ भेटिएको छ । यसले भाइरस सहरी समाजमा केही समयअघिदेखि नै रहेको संकेत गर्दछ । थप जानकारी छिटै आउनेछ, अनुसन्धान जारी छ ।’

उपत्यकाभित्रका चार ठाउँका ढलको नमुना परीक्षण गर्दा दुई ठाउँमा कोरोनाभाइरस फेला परेको सिएमडिएनले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १४:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया