बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।
पहिरोले पुरिएर ४२ वर्षीय राममतीदेवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मिता जेठाराको शब फेलाको परेको उनको भनाइ छ ।
यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठाराको पनि शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोमा पुरिएर तीनजना अझै बेपत्ता रहेको प्रहरीको भनाइ छ । शुक्रबार राति अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७–१८ घर पहिरोले पुरिएका छन् ।
अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ ।
यसअघि उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोका कारण दुर्घटनामा परेको थियो । दुर्घटनामा ३ सैनिक जवान घाइते भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।