विभिन्न तहका स्थगित परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिवि


त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनका कारण स्थगित भएका विभिन्न तहका परीक्षा संचालन गर्ने तयारी गरेको छ । सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत लिने भन्नेमा छलफल भइरहेको त्रिविले जनाएको छ । 

विश्वविद्यालयले परीक्षाको उपयुक्त माध्यम र त्यसको कार्यविधि सिफारिस गर्न समिति नै गठन गरी अध्ययनसमेत थालेको छ ।

प्राडा सुवर्ण शाक्यको नेतृत्वमा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत लिने भन्नेमा केन्द्रित रहेर छलफल थालिसकेको जनाएको छ । 
केही दिनभित्रै कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगो लाग्ने समितिका सदस्यले बताए । नेपालको स्रोत र साधनले भ्याएसम्म परीक्षा लिन सकिने तरिकाबारे छलफल भएको बताइएको छ ।

राजधानीका अधिकांश विद्यार्थी बाहिर भएको र क्याम्पसको सम्पर्कमा नरहेकाले सामाजिक दूरी कायम गरेर परीक्षा लिन असम्भव देखिएको त्रिविले जनाएको छ ।
अनलाइन परीक्षाका लागि भने प्रश्नपत्रको ढाँचा नै परिवर्तन गरी विश्लेषणात्मक बनाउने तयारी गरेको समेत त्रिविले जनाएको छ। 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १५:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया