अचानक शितल निवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिउँसो अचानक शितल निवास पुगेका छन् । शनिबार दिउँसो उनी शितल निवास पुगेपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । 

उनले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले यसलाई नियमित भेटघाट भनेको छ । 

तर, प्रधानमन्त्री ओलीले आजै साँझ मन्त्रीहरुलाई बालुवाटारमा पनि बोलाएका छन् । मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले पार्टीमा पछिल्लो समय विकास भएको घटनाक्रमबारे छलफल गर्न सक्ने बुझिएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १८:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया