दिल्लीमा मात्रै कोरोनाभाइरस संक्रमित १ लाख नजिक

कोरोनाभाइरसको भयंकर प्रकोप झेलिरहेको भारतको राजधानी नयाँ दिल्लीमा मात्र अब कोरोनाभाइरस संक्रमितको संख्या १ लाख नजिक पुगेको छ । 

शनिबार दिल्लीमा मात्र २ हजार ५ सय ५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । तर, त्यहाँ सकारात्मक समाचार के छ भने दिल्लीमा शनिबार योभन्दा धेरैले कोरोनाभाइरसलाई जितेका छन् । यो संख्या २६३२ रहेको भारतीय मिडियाले जनाएका छन् । 

अब दिल्लीमा कुल संक्रमितको संख्या ९७ हजार २ सय पुगेको छ । अनि ६८ हजार २ सय ५६ जनाले कोरोनाभाइरस जितेका छन् । दिल्ल्ीमा अहिलेसम्म कोरोनाका कारण ३ हजार ४ जनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार २१:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया