आलियाको घरमा कालो बिरालो

बलिउड अभिनेत्री आलिया भट्टलाई अहिले निकै धेरैले आलोचना गरिरहेका छन् । उनलाई आलोचना गर्नुको कारण हो– नेपोटिजम । बलिउडमा उनलाई बाबुका कारण सहज भएको र यसमा उनलाई निर्देशक करण जौहरले साथ दिएको आरोप लागेको थियो । 

त्यसैले उनको सामाजिक सन्जालमा निकै धेरैले उनलाई अनफलो पनि गरे । 

तर, आलियाले सामाजिक सन्जाल चलाउन भने छाडेकी छैनन् । उनले त बरु सामाजिक सन्जालमा आफ्नो सक्रियता बढाएकी छिन् । हालै आलियाले आफ्नो घरमा नयाँ सदस्य स्वागत गरेकोसमेत उल्लेख गर्न भ्याएकी छिन् । यो नयाँ सदस्य चाहिँ उनलाई मन पर्ने बिरालो हो । उनले घरमा हालै जुनिपर नामको कालो बिरालो ल्याएकी छिन् । यसअघि पनि उनको घरमा अर्को बिरालो थियो ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार २२:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया