बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको २० दिन भइसकेको छ । तर, अझै पनि उनका प्रशंसकहरुले उनलाई भुल्न सकेका छैनन् । उनका प्रशंसकहरु सामाजिक सन्जालमा उनको विषयमा लेखिरहेका छन् ।
कतिले त सिबिआइ जाँचको माग पनि गरेका छन् ।
यही विषयमा एक प्रयोगकर्ताले कमेडियन कपिल शर्मासँग अलिक भद्दा मजाक गरेका छन् । उनको यो मजाकमा कपिलले उनलाई चर्को जवाफ दिएका छन् ।
कपिलले आफ्ना प्रशंसकलाई सुशान्तको विषयमा गरिएको कमेन्टमा जवाफ फर्काएका छन्– त्यति बेला मात्र मुख खोल्नु जतिबेला एउटा खास कारण तपाईंसँग हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।