नागाल्याण्डमा कुकुरको मासुमाथि लाग्यो प्रतिबन्ध

भारतको नागाल्याण्ड राज्यमा कुकुरको मासु बिक्री तथा आयातमा प्रतिबन्ध लगाइएको छ । पशु हकहित संस्थाहरूको वर्षौंदेखिको अभियानलाई मूर्तरुप दिन भारतको उत्तर पूर्वी राज्य नागाल्याण्ड सरकारले उक्त घोषणा गरेको हो ।

पशुहित संस्थाहरूले कुकुरप्रतिको निर्दयी व्यवहार अन्त्य गर्न सरकारी घोषणा महत्वपूर्ण हुने प्रतिक्रिया दिएको छ । तर केही नागरिक समूहले भने राज्य सरकारको घोषणाको आलोचना गर्दै खाद्य छनोटको हननको रुपमा अर्थ्याएका छन् ।

बिबिसीका अनुसार नागाल्याण्डका प्रमुख सचिव तेम्जेन टयले शुक्रबार ट्वीट गर्दैै उक्त निर्णयबारे जानकारी गराए । उनले बजारमा कुकुरको व्यावसायिक आयात, काँचो वा पाकेको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाउने प्रादेशिक मन्त्रीपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गरे ।

राज्य सरकारले प्रतिबन्धको कार्यान्वयन सम्बन्धमा आफ्नो नीति सार्वजनिक गरिसकेको छैन । नागाल्याण्डमा प्रतिवर्ष करिब ३० हजार कुकुरको गैरकानूनी रुपमा व्यापार हुँदै आएको छ । काठको टुक्राले हिर्काउँदै कुकुरलाई मारिन्छ । यसअघि मिजोरम राज्यले समेत मासु प्रयोजनका लागि कुकुरको व्यापारमा प्रतिबन्ध लगाइसकेको छ ।
 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ७:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया