इमरानको आरोप– भारतले कराँचीमा आतंककारी आक्रमण गर्‍यो

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेन्जमा भएको आक्रमण भारतले गरेको अभिव्यक्ति दिएका छन् । 

सोमबार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीको स्टक एक्सचेन्जको भवनमा चार बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणकारीमाथि कारवाही गर्दा त्यहाँ दुई सुरक्षाकर्मी, एक प्रहरी इन्स्पेक्टर तथा चार बन्दुकधारी मारिएका थिए ।

आइतबार प्रकाशित पत्रिका जंगमा छापिएको एक रिपोर्टमा यो आक्रमण भारतले गरेको प्रधानमन्त्री खानले बताएको उल्लेख गरिएको छ । घटनाकै दिन चाहिँ यसको जिम्मेवारी बलुचिस्तान लिबरेसन आर्मीले लिएको थियो । पाकिस्तानको बलुचिस्तानमा यो समूह निकै सक्रिय छ ।

‘पाकिस्तानलाई अस्थिर गर्नका लागि भारतले यस्तो गरेको हो,’ खानको भनाइलाई जंगले उद्धृत गरेको छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ७:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया