कोरोना संक्रमणमा पछिल्लो २४ घन्टामा बन्यो रेकर्डः डब्लूएचओ

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व प्रताडित भएको छ । विश्वका सबै देशमा अहिले कोरोनाभाइरस संक्रमण देखिएको छ । र, सबै देशले विभिन्न उपया अपनाएर कोरोनाबाट मुक्ति पाउन कोसिस गरिरहेका छन् ।

तर, कोरोना महामारी रोकिने छाँटकाँटमा देखिँदैन । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पछिल्लो २४ घन्टामा विश्वभर कोभिड १९ को संक्रमणमा नयाँ रेकर्ड भएको जनाएको छ । डब्लूएचओका अनुसार शनिबार विश्वभर कोरोनाभाइरस संक्रमणका १ लाख २३ हजारभन्दा धेरै मानिस भेटिएका छन् । योभन्दा पहिले २८ जुनमा १ लाख ८९ हजारमा कोरोनाभाइरस संक्रमित एकै दिनमा थपिएका थिए । 

डब्लूएचओले संक्रमितको संख्या बढ्दै जाँदा कोरोनाका कारण हुने मृत्यु अब स्थिर हुन थालेको र प्रत्येक दिन कम्तिमा पनि ५ हजार जनाको विश्वभर कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ८:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया