सपनामा मन्डेला, अधिकारी र भट्टराई भेटे योगेशले !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा शक्ति संघर्ष पेचिलो बन्दै गइरहेको छ । शीर्ष नेताहरुबीचको हानाथाप रोकिने छाँटकाँट देखिँदैन । 

नेकपामा दोस्रो तहका नेताहरु भने पार्टी विभाजनमा गए गम्भीर दुर्घटना हुने भन्दै शीर्ष नेताहरुलाई वार्ताबाट समस्या समाधान गर्न सुझाव दिइरहेका छन् । जे होस्, विभिन्न नेताहरु एकअर्कासँगको भेटघाटमा व्यस्त भइरहेका छन्, एकअर्कासँग भलाकुसारी गरेर आफ्नो समूहलाई बलियो बनाइरहेका छन् । 

नेकपामा चलिरहेको यो विवादबीच केही दिन यता पर्यटनमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई पनि व्यस्त बन्न थालेका छन्, पार्टीको झगडालाई सामसुम पार्न । भट्टराई पनि कहिले मन्त्रिनिवासमा भएका भेटघाटमा सहभागी मात्र छैनन्, सामाजिक सन्जालमा निकै सक्रिय भएर लागिरहेका पनि छन् । सामाजिक सन्जालमा निकै सक्रियमध्ये नेपाली युवा नेता भट्टराईले आज चाहिँ ट्विटरमा एउटा ‘रमाइलो’ ट्विट गरेका छन् । 

रमाइलो यस अर्थमा कि पार्टीमा चलिरहेको विवादमा उनले तीन नेताहरुलाई सपनामा भेटेको बताएका छन् । र, उनले सपनामा भेटेका यी तीन नेता नै संघर्ष र त्यागको पयार्य बनेका नेता हुन् । 

भट्टराईले सपनामा नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई भेटेको उल्लेख गरेका छन् । 

कतै यसको अर्थ उनले नेताहरुले त्याग गर्नुपर्छ, समय आएपछि राजनीतिबाट सन्यास लिनु पर्छ भन्न खोजेका त होइनन् ? केहीअघि पनि उनले बुढा नेताहरुले अब युवालाई जिम्मेवारी दिनु पर्ने अभिव्यक्ति दिएका थिए । 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ९:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया