सुदूरपश्चिममा थपिए ५६ जना कोरोनाभाइरस संक्रमित

सुदूरपश्चिम प्रदेशमा आज ५६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा आज गरिएको परीक्षणबाट थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । यसमध्ये महिला ७ सय ९० जना र पुरुष २ हजार ६७९ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १०:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया