प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल राष्ट्रपति निवासमा
फाइल तस्वीर ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद थप बढ्दै गएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै नेताहरुले आफूलाई र राष्ट्रपतिलाई हटाउन षडयन्त्र भइरहेको बताएपछि यसबारे स्पष्ट कुराकानी गर्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लिएर राष्ट्रपति निवास शितल निवास पुगेका छन् । 

प्रचण्ड पक्षले नै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाएर हटाउने योजना बनाइरहेको आशयको अभिव्यक्ति शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए । 

ओलीको यो भनाइ आएलगत्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यसलाई अनर्गल प्रचार भएको भन्दै खण्डन गरेका थिए । 

यी तीन नेताहरु आइतबार विहान राष्ट्रपति भण्डारीलाई यसबारे थप स्पष्ट पार्न शितल निवास पुगेको जनाइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ शनिबार साँझ राष्ट्रपतिसँग भेटघाट गरेका थिए । त्यसपछि मन्त्रीहरुसँग छलफल गर्दै उनले आफूले अब जस्तोसुकै कदम चाल्न बाध्य हुनु पर्ने अवस्था आएको बताएका थिए । 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १२:२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया