हलिउड अभिनेता ब्राड पिटलाई छ ऐश्वर्यासँग काम नगरेको अफसोस

हलिउड अभिनेता ब्राड पिटका लागि कुनै परिचयको जरुरत तथा आवश्यकता छैन । उनले हलिउडमा काम गरेका चलचित्रहरु निकै चर्चित बनेका छन् । उनीसँग काम गर्न नपाएकोमा अत्यन्त धेरै अभिनेत्रीहरु अहिले पनि पछुतो मानिरहेका हुन्छन् । तर, बलिउडकी ऐश्वर्या राय बच्चनले चाहिँ उनीसँगै एक फिल्मको अफर आउँदा त्यसलाई अस्वीकार गरिदिएकी थिइन् ।

अब यही विषयमा ब्राडले आफ्नो मुख खोलेका छन् । 

सन् २००४ मा बलिउड अभिनेत्री ऐश्वर्यालाई फिल्म ट्राइको अफर आएको थियो । यो फिल्ममा ब्राड पनि काम गर्दै थिए । तर, ऐश्वर्याले यो फिल्म अस्वीकार गरिदिइन् । 

अब ब्राडले यो प्रसंग सम्झँदै भनेका छन् कि उनलाई ऐश्वर्यासँग काम गर्ने मन थियो । ‘उनीहरु अत्यन्त सुन्दर अभिनेत्री हुन्,’ ब्राडले भनेका छन्, ‘उनीसँग काम गर्ने त्यो अवसर मैले गुमाएँ ।’





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १२:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया