ओलीसँग छलफल गर्न प्रचण्ड, खनाल र नेपाल बालुवाटारमा
फाइल तस्वीर ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर जारी नेकपा विवाद मिलाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल बालुवाटारमा पुगेका छन् । 

आज हुने भनिएको प्रचण्ड र ओलीबीचको वार्ताअगाडि यी तीन नेताले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गर्ने भएका हुन् । 

प्रचण्ड सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार यी शीर्ष नेताहरुबीच वार्ता सकिएपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच छुट्टाछुट्टै वार्ता हुनेछ । 

बालुवाटार जानुअघि यी तीन नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । त्यहाँबाट उनीहरु सोझै बालुवाटार पुगेका हुन् ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १२:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया