रियल मड्रिडको कठिन जित

ला लिगा अन्तर्गत आज भएको खेलमा लिगा लिडर रियल मड्रिडले एथ्लेटिक क्लब बिल्बाओ माथि १–० को कठिन जित निकालेको छ । 

बिल्बाओको घरेलु मैदान सान मामिसमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन कप्तान सर्जियो रामोसले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।    

खेलको ७३ औं मिनेटमा बिल्बाओका डानी गार्सियाले डि बक्स भित्र मार्सेलोलाई फल गरेपछि रेफ्रिले भिएआरको मदतमा रियललाई पेनाल्टीको अवसर दिएका थिए । उक्त पेनाल्टीलाई रामोसले गोलमा परिणत गर्दै रियललाई महत्वपूर्ण ३ अंक दिलाए ।

जितसँगै रियलले एक खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनासंग ७ अंकको दुरी बनाएको छ । रियलले ३४ खेलबाट ७७ अंक जोड्दा बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोडेको छ ।

पराजय बेहोरेको बिल्बाओ ३४ खेलबाट ४८ अंकको साथमा ८ औंं स्थानमा छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २०:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया