केन्द्रीय समितिलाई पूर्णता दिन नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेताहरूले आफ्नो केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका छन् ।

नेविसंघका नेताहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेविसंघको वर्तमान केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका हुन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसंघ गठन गरेको थियो ।

कांग्रेसले ढुङ्गानाको नेतृत्वमा ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरे पनि उक्त समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

यसै विषयलाई लिएर नेविसंघ वेला वेला विवाद हुनुका साथै पार्टी नेतृत्वको पनि आलोचना हुने गरेको छ ।

नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमालले महाधिवेशन गर्नका लागि पार्टीले १२७ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरे पनि हाल १० जनामात्र बनाउनु दुःखद् भएको बताए ।
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ७:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया