प्रचण्ड बालुवाटारमा
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय देखिएको विवादमाथि छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटका लागि बालुवाटार पुगेका छन् । 

यी दुई नेताबीच आज विभिन्न विषयमा छलफल गरेर एउटा निष्कर्षमा पार्टीको विवादलाई पुर्याउने अपेक्षा गरिएको छ । 

उनीहरुबीच छलफलका लागि संयोजन गर्न र आन्तरिक विवादका विषयमा थप छलफल गर्न हिजो नै विष्णु पौडेलसहित चार नेतालाई जिम्मेवारी दिइएको थियो । 

हिजो भएको भेटमा ओली र प्रचण्डबीचको संवादले खासै नतिजा ल्याउन सकेन । भेटघाटमा ओलीले प्रचण्डलाई सोझै गुटबन्दी गरेको आरोप लगाएका थिए । 

त्यहाँबाट फर्किएर प्रचण्डले आफूनिकट नेताहरुलाई ओली सहमतीको पक्षमा नरहेकाले यसपटक पार्टी विभाजन नरोकिने छाँट देखिएको बताएका थिए । 

आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि दुई दिनका लागि स्थगित गरिएको छ । त्यसैले आज यी दुई अध्यक्षबीचको वार्ता सकारात्मक हुने अपेक्षा नेकपामा दोस्रो तहका नेताले गरेका छन् ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १०:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया