इरानमा कोरोनाभाइरसका कारण एक दिनमा सबैभन्दा धेरै मृत्यु

इरानमा कोरोनाभाइरसको प्रभाव फेरि बढ्न थालेको छ । यसअघि अलिक सामान्य भएको कोरोनाभाइरसका संक्रमित र मृतकको संख्या फेरि बढ्न थालेपछि इरानमा चिन्ता जनाइएको छ । 

इरान सरकारले अब सार्वजनिक स्थानमा मानिसहरुलाई मास्क लगाउन अनिवार्य गरिदिएका छन् । 

इरानी स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १ सय ६३ जनाको मृत्यु इरानमा कोरोनाभाइरसका कारण भएको छ । 

यो महामारी सुरु भएपछि एकै दिनमा इरानमा भएको यो सबैभन्दा बढी मृत्यु हो ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १०:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया