सुदूरपश्चिममा थपिए ६९ जना कोरोनाभाइरस संक्रमित

सुदूरपश्चिम प्रदेशमा आज ६९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुलाई संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १७, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ३ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएकामध्ये कैलालीका २० पुरुष र १० महिला, कञ्चनपुरका २० पुरुष र ८ महिला,  बैतडीका ३ पुरुष, डडेल्धुराका ७ पुरुष र १ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

उनका अनुसार प्रदेशका ७६ जना संक्रमित निको भएर घर गएका छन् । टीकापुरका २, बैतडीका २३ र डडेल्धुरा अस्पतालबाट ५१ संक्रमित डिस्चार्ज भएका हुन् । प्रदेशमा निको हुनेको संख्या ६ सय ६२ पुगेको छ । प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ७ पुगेको छ ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १०:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया