बैंकिङ कसुर मुद्दामा फरार दुई अभियुक्त समातिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिकाका ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतले रु १४ लाख ६९ हजार ६४० जरिवाना र पाँच दिन कैद तथा बस्नेतलाई रु १३ लाख जरिवाना र पाँच दिन कैद ठहर गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ परेका सुनार र बस्नेतले पीडित दीपककुमार विश्वकर्मालाई रकम नभएको विभिन्न बैंकको चेक काटेर बैंकिङ अपराध गरेका थिए ।

प्रहरीले सुनारलाई तारकेश्वर र बस्नेतलाई धर्मस्थलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेको सिआइबीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १०:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया