टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको फोटो यस्तो बनायो

पछिल्लो समय नेकपामा देखिएको विवादमा भारतीय मिडियाले पनि निकै चासो दिएका छन् । नेपालले आफ्नो भूमि समेटेर सार्वजनिक गरेको नयाँ नक्साका कारण मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भारतविरुद्ध दिएको अभिव्यक्तिका कारण पनि भारतीय मिडियाले नेपाललाई अहिले प्राथमिकताका साथ प्रकाशन गरिरहेका हुन् । 

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्र भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएका थिए । यसले भारतमा पनि ठूलो तरंग ल्याएको छ, विशेषगरि भारतीय मिडियामा ।

भारतीय मिडियामा त्यसैले ओलीबारे समाचार र विचार छापिइरहेका छन् । 

यहीबीच टाइम्स अफ इन्डियाले आजको आफ्नो सम्पादकीयमा पनि ओलीले अब भारत समस्या नभएर आफू नै समस्या भएको हो भन्ने बुझ्नु पर्ने भन्दै अपिनियन लेखेको छ । 

त्यो विचारमा अहिले ओलीको राजीनामा उनकै पार्टीबाट मागिएको लेख्दै ओलीले अब चीनसँग आफ्नो सम्बन्ध अझ बढाउन खोजिएको पनि टिप्पणी गरिएको छ ।

यसका लागि टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर यस्तो बनाएर प्रकाशन गरेको छः





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ११:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया