रसुवागढी नाका एकतर्फी सन्चालनमा

६ महिनादेखि बन्द रहेको रसुवागढी  नाका संचालनमा आएको छ । गत माघ १५ देखि बन्द रहेको नाका सोमबार बिहानदेखि संचालनमा आएको हो । रसुवागढी भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार बिहान ८ बजेबाट नाका संचालनमा आएको हो ।

चिनिया पक्षले सामाग्री मितेरी  पुलसम्म ल्याइदिएसँगै रसुवागढी नाका एकतर्फी  रुपमा संचालनमा आएको उनले बताए ।  चिनिया पक्षकै चार वटा गाडिमा सामान आएको उनले बताए ।  

उच्च स्वास्थ्य सतर्कता अपनाएर सामान नेपाल भित्राइँदै गरिएको समेत उनले बताए । पहिलो दिन आज चिनिया पक्षकै ४ वटा गाडिमा १ सय २० टन सामान नेपाल भित्रिने समेत खड्काले बताए । 

असार १० गते मितेरी पुलमा भएको बैठकमा चिनिया पक्षले राखेको शर्त अनुसार नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र लेबर प्रयोग गरि मितेरी पुलसम्म ल्याइदिने सहमती भएको थियो । तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनले शर्त राखेको थियो । सोहि अनुसार नेपाली पक्षले १५ जना चालक र १५ जना लेबरको कोरोना परीक्षण गरि क्वारेन्टाइनमा  राखेको थियो । 

२०७१ मंसिर १५ देखि रसुवागढी नाका सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो  ।  रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तरराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारी साधनको चाप बढ्दै गएको थियो । 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ११:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया