सानेपा पार्टी कार्यालयमा आज पनि नेविसंघको प्रदर्शन, केन्द्रीय कमिटीलाई पूर्णता दिनुपर्ने माग

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले आज पनि विरोध प्रदर्शनलाई जारी राखेको छ ।

नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आज पनि संगठनका नेताहरुले कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन सुरु गरेको कोषाध्यक्ष शिव रिमालले फरक धारलाई जानकारी दिए ।

आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टीभित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्नसमेत माग गरेका हुन् ।​

नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसंघका कोषाध्यक्ष रिमालको नेतृत्वमा विद्यार्थी नेताहरु सानेपा पुगेका हुन् ।​

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसंघ गठन गरेको थियो ।

कांग्रेसले ढुङ्गानाको नेतृत्वमा ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरे पनि उक्त समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।



यसै विषयलाई लिएर नेविसंघ वेला वेला विवाद हुनुका साथै पार्टी नेतृत्वको पनि आलोचना हुने गरेको छ ।


 



  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १३:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया