गण्डकीमा थप १७ जनामा कोरोनाभाइरस संक्रमण

गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना तथा कास्कीका १ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । जसमध्ये ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदेशभरि कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ सय ९७ छ ।
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १४:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया