नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढ्यो

काठमाडौं- नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार माापक नेप्से परिसूचक सोमबार ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ। सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको स्टक एक्सचेन्जले जनाएको छ।

स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँमा मा कारोबार भएको छ। कारोबार भएका कूल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ। सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बिमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बिमा २६६.४३ बिन्दुले बढेको छ।

स्टकका अनुसार सोमबार कारोबारका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स सात करोड ८० लाख ९१ हजार ७९३ रुपैयाँ, प्रभु बैंकको संस्थापक सेयर चार करोड ८४ लाख ४४ हजार रुपैयाँ, हिमालयन डिस्टिलरी तीन करोड नौ लाख ९४ हजार ७५७ रुपैयाँ, एनएमबी बैंक दुई करोड ६० लाख २४ हजार ३४ रुपैयाँ, शिवम् सिमेन्ट दुई करोड ४९ लाख ५३ हजार १९४ रुपैयाँ र नबिल बैंक दुई करोड ४० लाख ७० हजार २८४ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा छ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बिमा कम्पनीका सेयरधनीले १०/१० प्रतिशतले कमाएका छन्।
सूर्योदय लघुवित्त वित्तीय संस्था ९.९५, गरिमा विकास बैंक ९.८४, युनाइटेड इन्स्योरेन्स ९.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.७०, सिद्धार्थ इन्स्योरेन्स ९.४५, आशा लघुवित्त वित्तीय संस्था ९.२८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.१४ प्रतिशतले कमाएका छन्।

त्यस्तै, राधी विद्युत् कम्पनी ९.८९, बोटलर्स नेपाल तराई ५.८६, देवः विकास बैंक ५.१६, जोशी हाइड्रोपावर ३.९२, विशाल बजार कम्पनी ३.९१, खानीखोला हाइड्रोपावर ३.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाएका छन्। 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १६:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया