४ बजे मन्त्रिपरिषद बैठक बस्दै, आइजिपी नियुक्त हुने सम्भावना आजै
फाइल तस्बिर

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे गृह मन्त्रालय स्रोतले जनाएको छ ।

‘मन्त्रिपरिषदको आज ४ बजे बैठक बस्दैछ । बैठकका अनेक एजेन्डामध्ये आइजिपी नियुक्त प्रमुख हुने सम्भावना छ’, स्रोतले फरक धारसँग भन्यो, ‘आजै आइजिपी नियुक्ति हुने शतप्रशित ग्यारेन्टी नभए पनि सम्भावना भने प्रबल छ ।’

प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षककोे दौडमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । वरिष्ठताको हिसाबले क्षेत्रीको सम्भावना प्रबल रहेको बताइएको छ ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार ८:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया