झलनाथलाई भेट्न चिनियाँ राजदुत यान्छी पुगिन् डल्लु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद अहिले उत्कर्षमा छ । विवाद मिलाउन अनेक प्रयास जारी छ । चिनियाँ राजदूत होउ यान्छी विवाद मिलाउन सक्रिय छिन् ।

उनले नेकपाका शीर्ष नेताहरुसँगको भेट जारी राखेकी छिन् । यसैबीच, यान्छीले आज विहान नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।

भेटका लागि उनी खनाल निवास डल्लुमा ९ बजे पुगेकी थिइन् ।  उनीहरुबीच ४५ मिनेट कुराकानी भएको खनालनिकट स्रोतले जनाएको छ । खनाल र यान्छीबीच नेकपाको पछिल्लो विवादबारे कुराकानी भएको बताइएको छ ।

यसअघि यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वर पुगेर भेटेकी थिइन् । उनले नेकपा एकतामा जोड दिएको बुझिएको छ ।

त्यस्तै, यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत हप्ता भेटिसकेकी छिन् । उनको भेटलाई अर्थपूर्ण मानिएको छ ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १०:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया