देउवा र जसपाका नेताबीच बुढानिलकण्ठमा भेटवार्ता, संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ । देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत नेता बुढानीलकण्ठमा पुगेका थिए ।

भेटमा उनीहरुबीच सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको जसपाका नेता मनीष सुमनले बताए ।

‘जनताको आवाज राख्ने त्यही एउटा ठाउँ (व्यवस्थापिका-संसद) थियो, सरकारले संसदको अधिवेशन अन्त्य गरेर मुखमा ताला लगाउने काम गरेको छ’, नेताहरुको भनाइ उदृत गर्दै नेता सुमनले भने, ‘संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि व्यक्त गरेका छौं ।’
 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १३:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया